शहिद वृष बहादुर सिह बहुप्राविधिक शिक्षालयको स्थापना मिति २०७६ साल असोज ३ गते भएको हो । यो शिक्षालय बझाङ जिल्लाको जयपृथ्वि नगरपालिका वडा न. ६ अठलामा अवस्थित रहेको छ । यो शिक्षालय समुन्द्र सतह देखि १६३० मिटर उचाईमा अवस्थित रहेको छ । हाल यस शिक्षालयमा Diploma in Civil Engineering र Diploma in Agriculture (Plant Science) विषयहरु सञ्चालनमा रहेका छन ।