CTEVT को आंगिक शिक्षालय, शहिद बृष बहादुर सिंह बहुप्राविधिक शिक्षालय, बझांगले पहाडी र हिमाली जिल्लाका विभिन्न वर्ग, जाति र लिङ्गका जनताहरुलाई प्राविधिक शिक्षा र व्यावसायिक शीप प्रदान गर्दै मध्यम स्तरका जनशक्ति उत्पादन गरिरहेको छौ। शिक्षालयको उद्देश्य भनेको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणलाई टेवा पुर्याउने जनशक्ति उत्पादन गर्नु हो। जनताहरुले प्राप्त गरेको ज्ञान, शीप र आचरणलाई समयानुकूल व्यवहारमा प्रयोग गरी आत्मनिर्भर बन्न तथा आम्दानीको श्रोत बढाउन महत्वपूर्ण भूमिका खेल्ने छ।
शिक्षालयले "Free, Fair & Transparent" नीति अनुसार प्रशिक्षार्थीहरूको छनोट प्रक्रिया, मूल्यांकन र प्रमाणीकरणमा पूर्ण पारदर्शिता कायम राखेको छ। प्रत्येक पाठ्यक्रमलाई व्यवस्थित ढंगले सञ्चालन गरी विद्यार्थीहरुलाई व्यावहारिक सीपमा आधारित तालिमहरू प्रदान गर्दै Confidence र Competent को स्तरमा सुधार गरिएको छ। प्रशिक्षार्थीहरुले आफूसँग भएका सीप र ज्ञानलाई व्यवहारिक जीवनमा सफलतापूर्वक लागू गर्न सक्ने भएकोले यस शिक्षालयको महत्व झनै बढेको छ।
शिक्षालयले Course अनुसारको Curriculum लाई पूर्णरुपमा अनुसरण गरि विद्यार्थीहरुको Attitude, Knowledge र Skill मा विकास गर्दै उनीहरुलाई सशक्त बनाइरहेको छ। शैक्षिक कार्यक्रमहरूसँगै व्यक्तित्व विकासका...िभिन्न क्रियाकलापहरूमार्फत प्रशिक्षार्थीहरुको मनोबल उच्च बनाउने प्रयास भइरहेको छ। यसले गर्दा विद्यार्थीहरु आ-आफ्नो क्षेत्रमा उच्च मनोवलका साथ जिम्मेवारीपूर्वक काम गर्न सक्षम हुनेछन्।
शिक्षालयले स्थानीय समुदाय, अभिभावक, शिक्षाविद्, सहयोगीदाता, उद्योगी र व्यवसायीहरूसँग सहकार्य गर्दै CTEVT को Mission, Vision र Goals लाई आत्मसात गर्दै उनीहरुलाई परामर्श (Counselling) गरिरहेका छौ। यस प्रक्रियाले विद्यार्थीहरुलाई उचित Career Path चयन गर्न र उनीहरुलाई रोजगारको अवसर प्रदान गर्न तथा देशभरका विभिन्न क्षेत्रमा Job Placement को लागि सहजीकरणको महत्त्वपूर्ण भूमिका प्रदान गरेको छ।
शिक्षालयले जनतालाई नयाँ प्रविधि र बदलिँदो बजारको आवश्यकतासँग मेल खाने शीपहरू प्रदान गर्न निरन्तर अद्यावधिक तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। यसले गर्दा विद्यार्थीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने छन्। शिक्षालयको दीर्घकालीन लक्ष्य भनेको जनशक्तिको आत्मनिर्भरता र दिगो विकास हो जसले समाजको समग्र प्रगतिको दिशा तय गर्न मद्दत पुर्याउनेछ।